Advertisement Banner
Advertisement Banner

१० आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

आज योमरी पूर्णिमा र उधौली पर्व मनाउँदै

३० आइतबार , मंसिर २०८१२ बर्ष अगाडि

आज योमरी पूर्णिमा र उधौली पर्व  मनाउँदै

आज मुलुक भरका नेवार समुदायले योमरी पूर्णिमा र किरात समुदायले उधौली पर्व मनाउँदैछन् । योमरी पूर्णिमा एवम् ज्यापु दिवस काठमाडौंका रैथाने नेवार समुदायले र्‍याली सहित धुमधामका साथ मनाउने गर्दछन भने पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदछन् ।

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिनमा मनाइने योमरी पूर्णिमालाई ‘योमरी पुन्हि’ समेत भन्ने गरिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडका रूपमा समेत लिने गरेको पाईन्छ ।

आज बिहान सबेरैदेखि घरका महिला नुहाइधुवाइ सकी घरमा लिपपोत गरेर योमरी पकाउने गर्दछन । योमरीलाई नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ । यो पर्वलाई नेवार समुदायले नवअन्नप्राशनका रूपमा समेत मनाउने गर्दछन् ।

त्यस्तै किरात समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली पर्वका रुपमा मनाउँछन् । आज बिहानैदेखि किरात महिला तथा पुरुष जातीय वेशभूषामा सजिएर विभिन्न नाच सहित यो पर्व मनाउछन् भने ललितपुरको सानो हात्तीवन किरातकालदेखिको ऐतिहासिक तथा धार्मिकस्थल रहेकाले सानो हात्तीवनमा आज पूजाआजा सहित किरात चाड विशेष रूपमा मनाउने गरिन्छ ।

नेपाल सरकारले आज मुलुकभर सार्वजनिक बिदा समेत दिएको छ ।