Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

झिल्का कविता दाङ

२९ शनिबार , मंसिर २०८१एक बर्ष अगाडि

 झिल्का कविता दाङ

७९औँ श्रृङ्खलामा एकल रचना वाचनमा झिल्का कविता

दाङ राप्ती साहित्य परिषद् दाङ शाखाले नियमित रचना वाचन कार्यक्रम अन्तर्गत ७९औ श्रृङ्खलामा साहित्यकार वसन्त अनुभवको एकल कविता वाचन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षतमा र वरिष्ठ साहित्यकार गणेश विषमको प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार तथा निवर्तमान अध्यक्ष पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न परिषद्को सभाहलमा भएको थियो । साहित्यकार वसन्त अनुभवले  विभिन्न विषयवस्तुका १५४ वटा नयाँ विधाका झिल्का कविता वाचन गर्नुभएको थियो । ती वाचित रचनाहरूको समीक्षा वरिष्ठ साहित्यकार नारायण नेपालले गर्नुभएको थियो ।

 समीक्षकको रूपमा बोल्दै वरिष्ठ साहित्यकार नेपालले भन्नुभयो," अनुभवका झिल्का कविता सुन्दर छन्। छोटा कवितामा जति सक्यो अभिधा अर्थभन्दा लक्षिणा र व्यञ्जना अर्थ हुनुपर्छ। अनि मात्र पाठकको मन तान्न सक्छ। त्यतातिर पनि उहाँले ध्यान दिनुपर्ने हुन्छ। झिल्का कविताको प्रवर्तक भएकोले पनि उहाँ सम्मानको पात्र हुनुहुन्छ । सबै झिल्का कवितामा उज्यालो पक्ष समेटिएका छन् । समसामयिक विषयवस्तुका छन् । अन्यायको विरुद्धमा छन्। राष्ट्रप्रेमका भावना उठाएका छन् । जेष्ठ नागरिकले भोग्नुपर्ने यथार्थ पीडा छन् । समानताको पक्षमा आवाज उठाएका छन् ।" उहाँको भनाइ थियो । त्यसैगरी प्रमुख अतिथि रूपमा रहनुभएका वरिष्ठ साहित्यकार गणेश विषमले भन्नुभयो," झिल्का कविता विधा अत्यन्त सरल विधा र यसमा सबै भाव अटाउन सक्ने भएकोले यो विधाको धेरै महत्व रहेको कुरा मैले महसुस गरे । लेखनलाई निरन्तरता दिन लेखकलाई अनुरोध गर्दछु।" उहाँको भनाइ थियो। "कुनै पनि विधाको प्रवर्तक गर्नु सानो कुरा होइन। त्यसको लागि धेरै ज्ञान, साहस र धैर्य चाहिन्छ । त्यो उहाँमा छ। उहाँ धन्यवादको पात्र हुनुहुन्छ। " राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार तथा विशिष्ट अतिथि पुरुषोत्तम खनालको बताउनुभयो। 

राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष डा.टीकाराम उदासी,लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्यौपाने, सिस्नोपानी नेपाल दाङका अध्यक्ष तथा दाङ शाखाका सल्लाहकार डा.लोकराज पराजुली,राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार तथा निवर्तमान अध्यक्ष दीपक शर्मा "समीर" नेपाली लेखक सङ्घ दाङका अध्यक्ष डा. हिमलाल पन्थी, प्रगतिशील लेखक सङ्घ लुम्बिनी प्रदेश सल्लाहकार केशव थापा, राप्ती साहित्य परिषद् केन्द्रका सचिव आदिम केसी,कोषाध्यक्ष डा. खेमराज मल्ल ,लेखक सङ्घ दाङका उपाध्यक्ष गोविन्द पौडेल, नयाँ युगबोध राष्ट्रिय दैनिकका पत्रकार गोविन्द खड्का, रङ्गभूमि टेलिभिजनका सञ्चालक हुमबहादुर रेग्मी लगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहेको थियो।

 त्यसैगरी सो कार्यक्रममा वरिष्ठ साहित्यकार यज्ञबहादुर डाँगी,साहित्यकारहरू नगेन्द्र गुरु हरिप्रसाद पौडेल "स्वर्णशिशिखा "सुवाष न्यौपाने, धनसिंह गिरी, एक नारायण चापागाईं, वीणा रोका, गौतम, प्रदीप राज श्रेष्ठ, सुशीला आचार्य, देवेन्द्र रिजाल, दामोदर पौडेल, गुरुप्रसाद महरा, कमला कुमारी रावत, एकराज शर्मा अधिकारी, खेमराज गाउँले, रिमा गौतम, सारदा शर्मा लगायतको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रममा संस्थाको तर्फबाट स्रष्टा अनुभवलाई प्रशंसापत्रले सम्मान गरिएको थियो। परिषद् उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रको सञ्चालक सचिव घनश्याम केसीले गर्नुभएको थियो ।