Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

‘एक गाविस, एक प्राविधिक’ को विवरण पठाउन अनुरोध

२८ शुक्रबार , मंसिर २०८१एक बर्ष अगाडि

‘एक गाविस, एक प्राविधिक’ को विवरण पठाउन अनुरोध

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘एक गाविस, एक प्राविधिक’ र ‘कृषि स्नातक’ तथा ‘पशु चिकित्सक’ को विवरण पठाइदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेको छ ।

मन्त्रालयले देशभरका स्थानीय तहलाई उक्त विवरण पठाइदिन पत्राचार गर्न अनुरोधका लागि सामान्य मन्त्रालयलाई पत्र लेखेको हो । आर्थिक वर्ष २०७२–०७३ मा ‘एक गाविस, एक कृषि तथा पशुसेवा प्राविधिक’ कार्यक्रम लागू गरिएको थियो ।

जसका लागि ‘एक गाउँ, एक कृषि प्राविधिक व्यवस्थापन कार्यविधि, २०७३’ बमोजिम गाउँ विकास समितिमा राजपत्र अनंकित द्धितिय श्रेणीमा प्राविधिक सहायक पदमा करार कर्मचारी नियुक्त गरियो ।

तर, राज्य पुर्नसंरचनासँगै साविकका गाविसहरु हालको जुन स्थानीय तहमा पर्दछ, सोहीमा कामकाज गर्ने गरी व्यवस्थापन भएका ‘एक गाविस, एक प्राविधिक’ र चालु आवमा करारमा कार्यरत ‘कृषि स्नातक’ तथा ‘पशु चिकित्सक’ को विवरण पठाउन भनिएको हो ।

पत्रमा उल्लेख छ, ‘आर्थिक वर्ष २०७३ को ‘एक गाविस, एक कृषि तथा पशुसेवा प्राविधिक कार्यक्रमअनुसार एक गाउँ एक कृषि प्राविधिक व्यवस्थापन कार्यविधि, २०७३’ तथा ‘एक गाउँ पशु सेवा प्राविधिक व्यवस्थापन कार्यविधि, २०७३’ साविकको गाउँ विकास समितिमा रा.प्र.अन.द्धितिय श्रेणीमा प्राविधिक सहायक पदमा करारमा नियुक्त भई राज्य पुर्नसंरचनासँगै साविकका गाविसहरु हालको जुन स्थानीय तहमा पर्दछ, सोहीमा कामकाज गर्ने गरी व्यवस्थापन भएका ‘एक गाविस, एक प्राविधिक’ र चालु आर्थिक वर्षमा ‘कृषि स्नातक परिचालन कार्यविधि, २०८१’ अनुसार करारमा कार्यरत ‘कृषि स्नातक’ तथा ‘पशु चिकित्सक’ हरुको विवरण उपलब्ध गराइदिने विषयमा सबै  स्थानीय तहहरुमा सहजीकरण तथा पत्राचारका लागि अनुरोध छ ।’

मन्त्रालयको बजेट तथा कार्यक्रम शाखाको इमेलमा नियुक्ति पत्रको छायाँप्रतिसहित आगामी पुस १५ गतेभित्र विवरण पठाउन अनुरोध गरिएको छ । साथै, विवरण उपलब्ध भएको स्थानीय तहमा मात्रै बजेट विनियोजन गरी पठाउने मन्त्रालयले जनाएको छ ।