Advertisement Banner
Advertisement Banner

१० आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान

२८ शुक्रबार , मंसिर २०८१२ बर्ष अगाडि

प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान

श्रीलङ्काका लागि आवासीय नेपाली राजदूतमा सिफारिस भएका पूर्णबहादुर नेपालीविरुद्ध उजुरी आह्वान भएको छ । संसदीय सुनुवाई समितिले आज सार्वजनिक सूचना निकालेर उनीविरुद्ध उजुरी मागेको हो । नेपालीलाई राजदूत पदमा नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत प्रमाणसहित आगामी दश दिनभित्र उजुरी दिन भनिएको छ ।

‘देहाय बमोजिमका व्यक्तिलाई देहाय बमोजिम पदमा नियुक्तिका लागि सिफारिस भई संसदीय सुनुवाई हुन समितिमा पत्र प्राप्त हुन आएकोले उक्त पदमा उहाँलाई नियुक्ति हुन उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत प्रमाणसहित यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० दिनभित्र कार्यालय समयमा निम्न ठेगाना वा सोझै समितिको सचिवालय वा कुनै जिल्ला प्रशासन कार्यालयमा सूचना वा उजुरी दिनुहुन जानकारी गराइन्छ,’ सूचनामा उल्लेख छ ।

सूचना दिने सूचनादाताले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट रुपमा खुलाउनुपर्ने र निजले चाहेमा नाम गोप्य राखिने पनि जनाइएको छ । त्यस्तै, यससम्बन्धी सूचना वा उजुरी प्राप्त हुन आएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले तोकिएको म्यादभित्रै त्यस्ता सूचना, उजुरी सचिवालयमा पठाउनुपर्ने छ ।