Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

सामाखुसी यातायातद्वारा २० वटा विद्युतीय माइक्रोबस सञ्चालनमा

२८ शुक्रबार , मंसिर २०८१एक बर्ष अगाडि

सामाखुसी यातायातद्वारा २० वटा विद्युतीय माइक्रोबस सञ्चालनमा

सामाखुसी यातायात प्रालिले २० वटा विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याएको छ । यातायात प्रालिले मंसिर २७ गतेदेखि १० करोड ३० लाख रूपैयाँ लागतमा २० वटा विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याएको हाे ।

यातायात प्रालिले विसं २०५७ देखि यातायात सेवा प्रदान गर्दै आएकोमा अहिलाे थप २० वटा विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याएको हो । काठमाडौँको उत्तरी क्षेत्रका बासिन्दाको आवश्यकतालाई ध्यानमा राख्दै २० माइक्रोबस सञ्चालनमा ल्याएको प्रालिका अध्यक्ष सानुकाजी प्रजापतिले बताए ।

अध्यक्ष प्रजापतिले काठमाडौँ उपत्यकामा यात्रुको चाप भएकाले माइक्रोबस थपेसँगै यात्रुलाई केही सहज हुने विश्वास व्यक्त गरेका छन् । यसअघि उक्त यातयात प्रालिले हाल ८० वटा माइक्रोबस र ५० वटा ठूला बस सञ्चालन गरिरहेको थियाे ।

यातयात प्रालिले बानियाटार, भत्केको पुल, मनमैजु, झोर, टोखा, बसुन्धरा र म्हैपीबाट यात्रुवाहक सवारी सञ्चालन गर्दै आएको छ । अध्यक्ष प्रजापतिका अनुसार प्रालिले ३ सय ५० चालक तथा सहचालकलाई रोजगारी समेत प्रदान गरेकाे बताइएकाे छ ।