Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

धरानमा योमरी महोत्सव हुने

२७ बिहिबार , मंसिर २०८१एक बर्ष अगाडि

धरानमा योमरी महोत्सव हुने

मंसिर २९ गतेदेखि ३ दिनसम्म धरानमा योमरी महोत्सव हुने भएको छ । नेवाः देय दबुको आयोजनामा शनिबारदेखि तीनदिनसम्म योमरी महोत्सव हुने भएको हो ।  

नेवाः देय दबुले बुधबार पत्रकार सम्मेलन गर्दै आगामी शनिबारदेखि योमरी महोत्सव गर्ने जानकारी दिएको हो । पत्रकार सम्मेलन मार्फत दबुले धिमे नृत्यसहित महोत्सव गर्न लागेको बताएको थियो । पाँचौं संस्करणको यो महोत्सवमा २ सय कलाकारले नृत्य प्रस्तुत गर्ने दबुका केन्द्रीय उपाध्यक्ष अनिल मास्केले जानकारी दिएका छन् ।

नेपालभाषी समुदायमा यमरीपुन्ही अर्थात् योमरी पूर्णिमाका दिन देवीदेवतालाई चढाएर योमरीलाई प्रसादका रूपमा खाने चलन रहेको छ ।