Advertisement Banner
Advertisement Banner

०७ आइतबार, पौष २०८१23rd July 2024, 10:09:55 am

वैदेशिक रोजगारको प्रलोभनमा पारी ठगि गर्ने ३ जना पक्राउ

२६ बुधबार , मंसिर २०८१११ दिन अगाडि

वैदेशिक रोजगारको प्रलोभनमा पारी ठगि गर्ने ३ जना पक्राउ

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको विभिन्न स्थानमा बस्ने उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।  

पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-२५ घर भई काठमाडौँ टोखा नगरपालिका-६ बस्ने ३० वर्षीय मधु तिमल्सिना अधिकारी, रूपन्देही देवदह नगरपालिका-१२ घर भई काठमाडौँ महानगरपालिका-२८ बस्ने ३२ वर्षीया गीता कुँवर र सिरहा नगरपालिका-७ घर भई काठमाडौँ महानगरपालिका-२२ बस्ने ३० वर्षीया दिव्या यादव रहेका छन् ।

पक्राउ परेकी दिव्या यादव काठमाडौँ महानगरपालिका बागबजारस्थित ग्लोबल एक्सेल अपस्किल एण्ड स्टडी इन्फो सेन्टरका संचालिका समेत हुन् । उनीहरूले रोमानिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७ लाख, ८ जना पीडितहरूबाट १६ लाख ५ हजार र अर्को १ जना पीडितबाट ५ लाख १५ हजार लिएर सम्पर्कविहीन भएको बताइएको छ ।

पीडितहरूले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएकोमा टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौँबाट सोमबार पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेको मध्ये मधु र गीतालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल र दिव्यालाई जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।