Advertisement Banner
Advertisement Banner

०७ आइतबार, पौष २०८१23rd July 2024, 10:09:55 am

एनपिएलमा जनकपुर बोल्ट्सलाई सुदूरपश्चिम रोयल्सले हरायो

२६ बुधबार , मंसिर २०८१११ दिन अगाडि

एनपिएलमा जनकपुर बोल्ट्सलाई सुदूरपश्चिम रोयल्सले  हरायो

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको आजको पहिलो खेलमा जनकपुर बोल्ट्सलाई सुदूरपश्चिम रोयल्सले हराएको छ । सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित गरेको हो ।

जितका लागि १ सय २४ रनको लक्ष्य पाएको जनकपुर बोल्ट्स १२.१ ओभरमा सबै विकेट गुमाएर ५१ रनमा समेटिएको थियो । सुदूरपश्चिमको जितमा ईशान पाण्डे, दीपेन्द्रसिंह ऐरी, हरमित सिंहले राम्रो बलिङ गरेका थिए भने पाण्डे, ऐरी र सिंहले समान २–२ विकेट लिएका थिए  ।

त्यसैगरी सैफ जैब, नरेन साउँद र स्कट कुग्गेलिजनले समान १–१ विकेट लिएका थिए । ब्याटिङमा भने जनकपुरका कुनै ब्याटरले सन्तोषजनक प्रदर्शन नगरेको र जोशुआ ट्रम्पले १३ रन बनाएकोमा उक्त रन नै जनकपुरका ब्याटरले बनाएको उच्च स्कोर बन्यो ।

ओपनर अनिल शाह शून्य रनमा आउट हुँदा आशिफ शेख पनि ४ रनमा आउट भएका थिए । आजको खेलमा लाहिरु मिलन्थाले ७ रनको योगदान दिएका थिए भने हर्ष थाकेर ५ रनमा रन आउट हुँदा जिमी निशम ४ रनमा बोल्ड आउट भएका थिए ।

शुभ कंसाकार शून्य रनमा क्याच आउट हुँदा अरनिको यादवले १ रन बनाए भने शेर मल्ल शून्यमा रनमा आउट भएका थिए । त्यस्तै ललित राजवंशीले ४ रन बनाएर आउट हुँदा किशोर महतो शून्य रनमा नट आउट रहेका थिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रनको योगफल बनाएको थियो । सुदूरपश्चिमका लागि विनोद भण्डारीले ३३ र सैफ जैबले २१ रन, ईशान पाण्डेले १७ र ब्राण्डन म्याकमुलनले ११ रन बनाएका थिए भने अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

मंसिर १५ गतेदेखि कीर्तिपुरको टीयू क्रिकेट मैदानमा जारी एनपिएलको दोस्रो खेल दिउँसो १ बजे काठमाडौं गुर्खाज र लुम्बिनी लायन्सबीच हुनेछ ।