Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

बझाङमा भूकम्पको धक्का

२६ बुधबार , मंसिर २०८१एक बर्ष अगाडि

बझाङमा भूकम्पको धक्का

आज बिहान ११ बजेको आसपासमा बझाङको रायाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत मङ्सिर ६ गते बिहान कास्की र मनाङको सिमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लो समय नेपालमा भूकम्प जाने क्रम जारी रहेको केन्द्रले जनाएको छ ।

यसअघि कात्तिक २२ गते पनि दोलखाको ओराङ आसपास केन्द्रविन्दू भएर ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको थियो । नेपाल हिमालय क्षेत्र भएकाले भूकम्पको जोखिमपूर्ण क्षेत्रका रूपमा लिने गरिन्छ ।