Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

मानव बेचबिखन आरोपी दुबईबाट पक्राउ

२६ बुधबार , मंसिर २०८१एक बर्ष अगाडि

मानव बेचबिखन आरोपी दुबईबाट पक्राउ

मानव बेचबिखन तथा ओसारपसारको मुद्दामा संलग्न एकजना आरोपीलाई दुबईबाट पक्राउ गरिएको छ । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को समन्वयमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-५ घर भएका निराजन नेपालीलाई दुबईबाट पक्राउ गरिएको हो ।    

मानव बेचबिखन तथा ओसारपसार मुद्दाका दोषी नेपालीलाई प्रहरी दुबईबाट पक्राउ गरेर नेपाल ल्याएको छ । इन्टरपोलको नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) युएईको समन्वयमा उनलाई पक्राउ गरेर मंगलबार नेपाल ल्याइएको प्रहरीले जनाएको छ ।

मानव बेचबिखनको मुद्दामा फरार रहेका नेपालीलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास गर्न प्रहरी प्रधान कार्यालयको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ साउन  ७ गते रेड नोटिस जारी भएको थियो । पक्राउ परेका नेपालीमाथि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको टोलीले अनुसन्धान सुरु गरेको बताइएको छ ।