Advertisement Banner
Advertisement Banner

०८ सोमबार, पौष २०८१23rd July 2024, 10:09:55 am

अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै

२६ बुधबार , मंसिर २०८११२ दिन अगाडि

अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै

हरेक वर्ष डिसेम्बर ११ मा मनाइने अन्तर्राष्ट्रिय पर्वत दिवस नेपालमा पनि विभिन्न कार्यक्रमकाे आयाेजना गरी मनाइँदैछ । जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रमा परेको असर न्यूनीकरण र पर्वतीय जीवनका बारेमा सचेतना जगाउने उद्देश्यका साथ याे दिवस मनाउन सुरू गरिएकाे हाे ।

संयुक्त राष्ट्रसंघले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउने निर्णय गरेसँगै सन २००३ देखि पर्वत दिवस मनाउन थालिएको हो । यस वर्ष मनाउन लागिएका दिवसमा दिगो भविष्यका लागि जलवायु अनुकुलन, नवप्रवर्धन र युवामा जोड दिइएको छ ।  

अन्तर्राष्ट्रिय पर्वत दिवसको अवसर पारेर नेपाल पर्वतारोहण संघले आफ्नो प्रमुख कार्यक्रमकै रूपमा पोखरामा नवाैँ पर्वतीय महोत्सव गरिरहेको छ । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, रातोपैरो पोखरामा मंसिर २३ देखि जारी महोत्सव बिहीबार सकिने र शुक्रबार पर्वतारोहीसँग अन्तरसंवाद कार्यक्रम गर्ने संघको तयारी रहेकाे छ ।

हिमालको देश भनेर चिनिने नेपालको कुल भूभागको १५ प्रतिशत भूभाग हिमाली क्षेत्रले ओगटेको र हिमाली जडिबुटी, हिमाली जीवजन्तु लगायतको उपलब्धताका हिसाबले नेपाल विश्वमै चर्चित छ । 

यस्तै नेपाल पर्वतारोहण तथा पदयात्राका लागि समेत विश्वको रोजाइमा पर्छ भने संयुक्त राष्ट्रसंघका अनुसार हिमाली क्षेत्रमा कुल ९१ करोड ५० लाख भन्दा बढी मानिसको बसोबास रहेको जनाएको छ ।