Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

रौतहटमा स्कर्पियो दुर्घटना ८ जनाको मृत्यु

२५ मंगलबार , मंसिर २०८१एक बर्ष अगाडि

रौतहटमा स्कर्पियो दुर्घटना ८ जनाको मृत्यु

रौतहटको चन्द्रपुर नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गमा भएको स्कर्पियो दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । आज बिहान चन्द्रपुर-४ स्थित पूर्वपश्चिम राजमार्गको धन्सारपुल नजिक जंगलमा बाराको गढीमाई दर्शन गरेर सिराहा फर्कँदै गरेका दर्शनार्थी बोकेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो अनियन्त्रित भई दुर्घटना भएको थियो ।

स्कर्पियो अनियन्त्रित भई सडकबाट तल दाहिने साइडको रुखमा ठोक्किएर दुर्घटना हुँदा चालक श्रीकुमार यादव सहित ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा परी सिराहा अर्नामा गाउँपालिका-३ बंठियाटोलका ६० वर्षीया लरुवती देवी महरा, ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगीं देवी महरा, ६२ वर्षीया फुलमन्ति देवी चमार, ६० वर्षीया रामकुमारी देवी महरा, ३० वर्षीया सकुन्तला देवी महराको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा अर्नामा ३ कै ३० वर्षीया राधा राम, सोही ठाउँका उमेश रामका २ वर्षीय छोरा आर्यन राम, २५ वर्षीया देवकुमारी महरा, उनका ७ वर्षीय छोरा रितिक महरा र ६० वर्षीया कन्यादेवी महरा घाइते भएको प्रहरीले जनाएको छ ।  अहिले घाइतेहरुको उपचार भइरहेको र मृतकको शव चन्द्रपुरस्थित सरकारी अस्पतालको शव गृहमा राखिएको बताइएको छ ।

त्यसैगरी काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बस पूर्व-पश्चिम राजमार्गको बाँकेमा दुर्घटना भएको छ । सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३६४४ नम्बरको बस राप्ती सोनारी गाउँपालिका-८ मगुवामा सडक छेउको रुखमा ठोक्किएर दुर्घटना भएको बसमा २४ जना सवार रहेका थिए । दुर्घटनामा २ जना सामान्य घाइते भएका छन् ।