चोभारको कबाडी संकलन केन्द्रमा आगलागी भएको छ । कीर्तिपुरको चोभारस्थित कबाडी संकलन केन्द्र र बंगुर पालन गरिएको ठाउँमा आगलागी भएको हो ।
आज बिहानदेखि लागेको आगो अझैसम्म नियन्त्रणमा आइ नसकेको काठमाडौं महानगरपालिकाका सहायक निरीक्षक वसन्तकुमार श्रेष्ठले बताएका छन् । आगलागिको खबर पाउने बित्तिकै महानगरको टोली पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरेको बताइएको छ ।
आगलागि भएको स्थानमा जस्तापाताका टहराहरु बढी भएका कारण आगो नियन्त्रणमा लिन नसकिएको र स्काभेटर मगाएर जस्तापाता हटाउने र आगो नियन्त्रणमा लिने प्रयास भईरहेको छ । अहिले नेपाल प्रहरी, शसस्त्र प्रहरी,स्थानीय लगायत मिलेर आगो निभाउने प्रयास भइरहेको बताईएको छ ।