Advertisement Banner
Advertisement Banner

१० आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

सुनसरीबाट ६४ किलो गाँजा बरामद

२५ मंगलबार , मंसिर २०८१२ बर्ष अगाडि

सुनसरीबाट ६४ किलो गाँजा बरामद

सुनसरी जिल्लाको भोक्राहानरसिँह गाउँपालिका–८ सोनियाहीस्थित सीमा ईलाकाबाट करीब ६४ किलोग्राम गाँजा सशस्त्र प्रहरीले मंसिर २४ गते बरामद गरेको छ ।
नेपालबाट  भारततर्फ  लैजाँदै गरेको उल्लेखित परिमाणको गाँजा सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरि मातहत बोर्डर आउट पोष्ट उल्टीले बरामद गरेको हो । गाँजा ल्याउने व्यक्तिहरु भने सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै गाँजा सोही ठाउँमा छाडी फरार भएका थिए ।
यस अघि सोही गण मातहत बिओपी साहेबगंजले  बर्जु गाउँपालिका–६ स्थित चिम्डी बजारबाट करीब ३५ किलोग्राम गाँजासहितको अटो नियन्त्रणमा लिएको थियो ।
यसैगरी मंसिर २२ गते सोही जिल्लाको हरिनगर गाउँपालिका–७ स्थित सीमा ईलाकाबाट भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको करीब २ लाख ५९ हजार १ सय ४ रुपैयाँ बराबरको ३ हजार वटा ट्रमाडोल हाईड्रो क्लोराईट क्याप्सुल बोर्डर आउट पोष्ट घुस्की सुनसरीले बरामद गरेको थियो भने सोही गाउँपालिका–५ सुकसेना स्थित भित्री सडकखण्डबाट मंसीर २० गते बोर्डर आउट पोष्ट बसन्तपुरले करीव ९४ हजार रुपैयाँ बराबरको १ हजार ९८ वटा ट्रमाडोल हाईड्रो क्लोराईट क्याप्सुल औषधी बरामद गरेको थियो  ।
यसैगरी मंसिर १९ गते सोही जिल्लाको धरान उपमहानगरपालिका–८ सेउतीखोलास्थित कोशी लोकमार्गबाट विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोही उपमहानगरपालिका–१३ अनामटोल बस्ने ४१ बर्षिय रोशन मगर र अमरपथ बस्ने ३७ बर्षिय प्रकाश राईलाई सुरक्षा वेश धरानको चेकप्वाईन्ट टोलीले नियन्त्रणमा लिएको हो ।
को २५ प ८११ नम्बरको स्कुटरमा सवार उनीहरुलाई शंका लागि जाँच गर्दा ३४ वटा प्रोमेथाजिन, ३५ वटा बुप्रेनोर्फिन, ३५ वटा डाईजेपाम र ३५ वटा फेनिरामीनसहित नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएकाहरुलाई बरामद लागुऔषधसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ ।