Advertisement Banner
Advertisement Banner

१० आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

फोहोर मैला बाल्न निषेध

२४ सोमबार , मंसिर २०८१२ बर्ष अगाडि

फोहोर मैला बाल्न निषेध

काठमाडौँ महानगरपालिकाले एक सूचना जारी गर्दै खुला रूपमा फोहोर मैला बाल्न निषेध गरेको छ । महानगरले सूचना जारी गर्दै  कसैले पनि खुला रूपमा फोहोरमैला बालेर वायु प्रदूषण गरे वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन तथा आर्थिक ऐन बमोजिम कारबाही हुने बताएको छ ।

फोहोर मैला तथा अन्य फोहोर जलाउने जस्ता कार्यले वायु प्रदूषण वृद्धि हुने तथा जनस्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने भन्दै महानगर क्षेत्रमा खुला रूपमा प्लास्टिकजन्य फोहोर मैला बाल्ने कार्यलाई प्रतिबन्ध लगाइएको महानगरपालिकाले जारी गरेकाे सूचनामा उल्लेख गरिएकाे छ ।