Advertisement Banner
Advertisement Banner

०८ सोमबार, पौष २०८१23rd July 2024, 10:09:55 am

मङ्सिर २४ गतेदेखि मानवअधिकार अन्तरराष्ट्रिय चलचित्र महोत्सव हुँदै

२४ सोमबार , मंसिर २०८११४ दिन अगाडि

मङ्सिर २४ गतेदेखि मानवअधिकार अन्तरराष्ट्रिय चलचित्र महोत्सव हुँदै

मङ्सिर २४ गते साेमबारदेखि २७ गते बिहिबारसम्म ‘१२औँ नेपाल मानवअधिकार अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ हुने भएकाे छ । चार दिनसम्म चल्ने उक्त महाेत्सवका लागि नेपालसहित २३ देशका ५३ फिल्म छनोट भएका छन् ।

महोत्सवमा मानव अधिकारको पैरवीका लागि विभिन्न अन्तरक्रिया तथा गोष्ठीकाे आयोजना गरिने नेपाल मानवअधिकार अन्तरराष्ट्रिय चलचित्र केन्द्रका अध्यक्ष एवं महोत्सवका निर्देशक पाण्डव खत्रीले जानकारी दिएका छन् । निर्देशक खत्रीका अनुसार यस पटक अन्तरराष्ट्रियस्तरमा ख्यातिप्राप्त फिल्मसमेत सहभागी हुनेछ भने मानव अधिकारसँग सम्बन्धित चलचित्रहरुको प्रवर्द्धन र प्रदर्शनका लागि नियमित रुपमा महोत्सव गर्दै आएको बताएका छन् ।

महोत्सवमा विश्वचर्चित फिल्म महोत्सवमा पुरस्कृत फिल्महरुको सहभागिताले महोत्सवको रौनक बढाउने र महोत्सवको शुरुआत सोमवार कान्समा पुरस्कृत लघु चलचित्र ‘द म्यान हु कुडनट रिमेन साइलेन्ट’बाट हुनेछ। उनले महोत्सवअन्तर्गत ‘को–प्रडक्सन, ल्यान्डस्केपः लोकल स्टोरिज फर ग्लोबल अडियन्स’ विषयमा मास्टरक्लास दिइने बताइएकाे छ ।

४ दिनसम्म काठमाडौँको चलचित्र विकास बोर्डको सभाहल र नेपाल पर्यटन बोर्डको सभाहलमा सञ्चालन हुने महोत्सवमा नेपालसहित पाकिस्तान, बङ्गलादेश, भारतलगायत देशका चलचित्रकर्मीको सहभागिता रहने छ । सन् २००९ मा स्थापना भएको मानव अधिकार चलचित्र केन्द्रले महोत्सवको आयोजना गर्दै आएको छ ।