Advertisement Banner
Advertisement Banner

०८ सोमबार, पौष २०८१23rd July 2024, 10:09:55 am

केही भू–भागमा वर्षासँगै हिमाली जिल्लामा हिमपात सुरू

२४ सोमबार , मंसिर २०८११४ दिन अगाडि

केही भू–भागमा वर्षासँगै हिमाली जिल्लामा हिमपात सुरू

आज सुदूरपश्चिम र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेकाे छ । आज बिहानैदेखि देशकाे विभिन्न भू–भागमा हुस्सु लाग्नुका साथै माैसम बदलीदेखि हिमाली जिल्ला हुम्लामा हिमपात समेत भएकाे छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने बताइएकाे छ । बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सुका साथै थोरै स्थानहरूमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेकाे छ ।

यता आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि गए रातिदेखि हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको हाे । सदरमुकाम सिमकोट लगायत नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमीलगायतका क्षेत्रमा तीन इन्चदेखि एक फिटसम्म हिउँ जमेको बताइएकाे छ ।

जिल्लामा हिमपात सुरु भएसँगै हिमपातले गहुँ, जौ र उवा खेतीलाई राम्रो हुने भएकाले हुम्लीवासी किसान खुसी भएका छन् । हिमपातपछि सदरमुकाम सिमकोट र आसपासका डाँडाकाँडा सेताम्मे भएका छन् भने जनजीवन प्रभावित भएको बताइएकाे छ । हिमपातसँगै चिसो बढेको छ भने हुम्लाको तापक्रम यसअघि नै माइनसमा झरिसकेको छ ।