यहि मंसिर २८ गते शुक्रबार नेपाल पत्रकार महासंघकोको नयाँ कार्य समिति चयनका लागि निर्वाचन हुने भएको छ । यसअघि विविध कारणले स्थगित हुँदै आएको महासंघकोको निर्वाचन यहि मंसिर २८ गते हुने भएको हो ।
मंसिर २८ गते हुने महासंघको निर्वाचनका लागि अध्यक्ष पदमा ४ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाको उम्मेदवारी रहेको निर्वाचन समितिले जनाएको छ ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईं, दीपक आचार्य र रोसन पुरी, महिला उपाध्यक्षमा गंगा पौडेल (बराल) र नितु पण्डितको उम्मेदवारी कायम भएको छ । समावेशी उपाध्यक्षमा उमिदप्रसाद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साहको उम्मेदवारी कायम भएको छ। महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेको उम्मेदवारी कायम भएको छ ।
खुल्ला सचिवमा माधव दुलालसहित उत्तरसिंह विष्ट, कुमार ओझा, बालकृष्ण अधिकारी र रमेश खतिवडाको उम्मेदवारी कायम रहेको बताइएको छ । त्यस्तै नयाँ कार्यसमितिका लागि ३ जना सदस्य निर्विरोध निर्वाचित भएका छन् । आदिवासी जनजाति सदस्य महिलामा देविका घर्ती मगर, दलिततर्फ महिला सदस्यमा रीता बुढाथोकी र सावित्री रसाईली निर्विरोध निर्वाचित भएका हुन् ।