Advertisement Banner
Advertisement Banner

०८ सोमबार, पौष २०८१23rd July 2024, 10:09:55 am

जानकी मन्दिरमा ३४ जोडीको सामूहिक विवाह

२३ आइतबार , मंसिर २०८११५ दिन अगाडि

जानकी मन्दिरमा ३४ जोडीको सामूहिक विवाह

यसअघिका वर्ष झैं यस वर्ष पनि जानकी मन्दिरमा ३४ जोडीको बिना दाइजो सामूहिक विवाह गरिएको छ । विश्व हिन्दु परिषद् नेपालले जानकी मन्दिरमा ३४ जोडीको बिना दाइजो सामूहिक विवाह गराएको हो ।

शनिवार राति मन्दिर परिसरमा सीताराम विवाह पञ्चमीको अवसर पारेर हिन्दु परम्परा अनुसार परिषद्ले सामूहिक विवाह गराएको बताइएको छ । उक्त सामुहिक विवाहमा लागेको सम्पूर्ण खर्च समेत परिषद्ले व्यहोरेको छ ।

विगत ६ वर्षदेखि सामूहिक विवाह गराउँदै आएको परिषद्ले यस वर्ष बेहुलीलाई सुनको मंगलसूत्र, १५ सेट साडी, शृङ्गार पटारका साथै बेहुलाका लागि आवश्यक पर्ने सबै लुगा उपलब्ध गराएको थियो ।  

परिषद्का धनुषा अध्यक्ष सन्तोष साहकाअनुसार दाइजो प्रथा अन्त्य गर्न विगत ६ वर्षदेखि सामूहिक विवाह गराउँदै आएको थियो ।  परिषद्ले नवविवाहित जोडीलाई भान्सा कोठामा प्रयोग हुने भाडावर्तन, बेडसिट र बेहुला/बेहुली दुवै पक्षलाई २५/२५ जनाका लागि खानाको व्यवस्था समेत गरेको अध्यक्ष साहले जानकारी गराएका छन् ।

मन्दिरमा विवाहका लागि परिषद्ले सूचना जारी गर्ने र त्यसपछि सम्पर्कमा आएका बेहुला(बेहुलीलाई दुवै पक्षका अभिभावकको सहमतिमा दाइजो बिना सामूहिक विवाह गराइने परम्परा रहेको छ । 

सामुहिक विवाहका लागि सहभागी हुने बेहुला-बेहुली विपन्न वर्गका हुन्छन । सामुहिक विवाह गर्नुअघि बेहुलाहरूलाई दिउँसो रथमा राखेर जनकपुरधाम नगर परिक्रमा गराइएको थियो ।