Advertisement Banner
Advertisement Banner

०८ सोमबार, पौष २०८१23rd July 2024, 10:09:55 am

चार महिनामा २७१ विदेशीले श्रम स्वीकृति लिए

२३ आइतबार , मंसिर २०८११५ दिन अगाडि

चार महिनामा २७१ विदेशीले श्रम स्वीकृति लिए

साउनदेखि कातिकसम्मकाे चार महिनामा २ सय ७१ विदेशीले श्रम स्वीकृति लिएका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिक (साउन/कात्तिक) अवधिमा गैर नेपाली नागरिकलाई उक्त संख्यामा श्रम स्वीकृति दिइएको हो ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार २०८१ कातिकमा ५७ जनाले मात्र श्रम स्वीकृति पाएका छन् । उक्त चार महिनाकाे अवधिमा ३ सय ३० विदेशीको श्रम स्वीकृति नवीकरण गरेकाे पनि विभागले जनाएको छ ।

विभागले प्रतिष्ठानमा काम गर्ने विदेशी श्रमिकले श्रम स्वीकृति लिए नलिएको बारे १३ वटा अनुगमन गरेका थियो । त्यसैगरि उक्त अवधिमा विदेश जाने नेपालीमध्ये ६६ हजार ६५ जनालाई श्रम स्वीकृति प्रदान गरिएकाे पनि विभागले जनाएकाे छ ।

अघिल्लो आव २०८०/८१ मा १ हजार २० गैर नेपालीलाई श्रम स्वीकृति दिएको थियो । एक वर्षमा १ हजार ६ सय ६५ गैर नेपाली नागरिकको श्रम स्वीकृति नवीकरण गरिएको विभागको तथ्यांकमा उल्लेख गरिएकाे छ ।

आर्थिक वर्ष आव २०८०/८१ मा विभागले विभिन्न ४४ प्रतिष्ठान पुगेर विदेशी नागरिकको श्रम स्वीकृति भए नभएको बारे अनुगमन गरेको थियो । विभागका अनुसार नेपालमा होटेल, व्यापारिक प्रतिष्ठान र निर्माण क्षेत्रमा धेरै विदेशी नागरिकले काम गर्ने गरेकाे बताइएकाे छ ।