Advertisement Banner
Advertisement Banner

१० आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

फोटो प्रदर्शनीका लागि फोटोपत्रकार टोली चीन प्रस्थान

२३ आइतबार , मंसिर २०८१२ बर्ष अगाडि

फोटो प्रदर्शनीका लागि फोटोपत्रकार टोली चीन प्रस्थान

फोटोपत्रकारकाे टोली फोटो प्रदर्शनीका लागि चीनको सान्तोङतर्फ  प्रस्थान गरेको छ । राष्ट्रिय समाचार समिति (रासस)का फोटो पत्रकार एवं राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको १४ सदस्यीय फोटोपत्रकार टोली त्यसतर्फ प्रस्थान गरेकाे हाे ।  

पिन्चाओ फोटोग्राफर एशोसिएसनको निमन्त्रणामा एनएफपिजेको टोली त्यसतर्फ प्रस्थान गरेको हो । चीनका फोटोग्राफर सु छुई तथा नेपाल–चीनमैत्री संघको सहकार्यमा ‘सान्तोङ सांस्कृतिक सप्ताह र मनमोहक नेपाल’ फोटो प्रदर्शनीमा नेपालका पर्यटन क्षेत्र, कला संस्कृति, जीवनशैली तथा विविधता झल्काउने एक सय तस्बिर सान्तोङ प्रान्तका विभिन्न सहरमा एक महिनासम्म प्रदर्शनी गरिने प्रदर्शनीका संयोजक सुनिल शर्माले जानकारी दिएका छन् ।