Advertisement Banner
Advertisement Banner

१० आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

सुन,चाँदी र नगदसहित ३ जना पक्राउ

२३ आइतबार , मंसिर २०८१२ बर्ष अगाडि

सुन,चाँदी र नगदसहित ३ जना पक्राउ

कैलाली जिल्लाकाे सिमा इलाकाबाट सुन,चाँदी र नगदसहित ३ जना पक्राउ परेका छन् । कैलालीको भजनी नगरपालिका-५, कौवाखेडा सीमा इलाकाबाट शनिबार साँझ गरगहना र नगदसहित उनिहरू पक्राउ परेका हुन् ।  

सीमा इलाकाबाट १ करोड रुपैयाँभन्दा बढीको सुन, चाँदी, नगद तथा अन्य सामानहरूसहित उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण कैलाली मातहत बोर्डर आउट पोष्ट (बीओपी) पगियापसारले पक्राउ गरेकाे बताइएकाे छ । पक्राउ पर्नेहरूमा सुर्खेतको चौकुनी गाउँपालिका-१० बस्ने ३६ वर्षीय महेन्द्रबहादुर शाही, सोही जिल्लाको वीरेन्द्रनगर नगरपालिका-१ बस्ने ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका-११ बस्ने ३२ वर्षीय महेश सुनार रहेका छन् ।

भारतीय सिमाबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शंका लागि चेकजाँच गर्दा ८० लाख ७९ हजार ५६१ रुपैयाँबराबरको ६२० ग्राम सुन, १५ लाख २८ हजार ४६० रुपैयाँबराबरको आठ किलो ९१४ ग्राम चाँदी, विभिन्न दरका ६ लाख ११ हजार ६ सय २५ भारतीय रुपैयाँ, साउदी रियाल, विभिन्न किसिमका चार थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाडाँकुडासहित नियन्त्रणमा लिएको डीएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् ।