Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

गढीमाई मेलामा भक्तजनलाई स्वच्छ खानेपानी उपलब्ध गराउन निर्देशन

२३ आइतबार , मंसिर २०८१एक बर्ष अगाडि

गढीमाई मेलामा भक्तजनलाई स्वच्छ खानेपानी उपलब्ध गराउन निर्देशन

पञ्चवर्षीय गढीमाई मेलामा आउने श्रद्धालु भक्तजनहरूलाई चौबिसै घण्टा शुद्ध एवं स्वच्छ खानेपानी उपलब्ध गराउन खानेपानीमन्त्री प्रदीप यादवले निर्देशन दिएका छन् । मन्त्री यादवले खानेपानी संस्थान बारा कलैया शाखाद्वारा शुद्ध खानेपानी वितरणका लागि निर्माण गरिएकाे पानीट्याङ्कीको उद्घाटन गर्दै उक्त निर्देशन दिएका हुन् ।

मन्त्री यादवले मेलामा आउने श्रद्धालु भक्तजनहरूलाई खानेपानीसहित आधारभूत सेवा उपलब्ध गराउन समेत निर्देशन दिएका छन् । पञ्चवर्षीय गढीमाई मेला बरियापुरमा आएका भक्तजनले खानेपानी पाइन भन्ने गुनासो नगरून भन्ने उदेश्यले खानेपानी संस्थान बारा कलैया शाखाले पानीट्याङ्कीको निर्माण गरेकाे छ ।

गढीमाई मेलामा आउने भक्तजनहरूका लागि भन्दै दुई/दुई हजार लिटरका सातवटा शुद्ध खानेपानीका ट्याङ्कीहरू सात ठाउँमा राखी पानी वितरण कार्य सुरू गरेको शाखाका प्रमुख सञ्जीवकुमार यादवले जानकारी दिएका छन् । उनले भने, “हामीले सात ठाउँमा दुई/दुई हजार लिटरका सातवटा शुद्ध खानेपानीका ट्याङ्कीहरू राखेका छौँ, भक्तजनहरूलाई चौबिसै घण्टा पानी वितरण गर्नका लागि टोलीसमेत खटाइएको छ ।”

पानी वितरणका लागि निर्माण गरिएका खानेपानीका ट्याङ्कीहरूबाट मेला अवधिभर शुद्ध एवं स्वच्छ खानेपानी वितरण गरिने र खानेपानी वितरण एवं अनुगमनका लागि संस्थान प्रमुखसहित तीनजना कर्मचारी दैनिक रूपमा खटिने पनि शाखाले जनाएको छ ।