आज बिहान सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल)को कर्णाली याक्सले पहिलो जित निकालेको छ । चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै कर्णालीले पहिलो जित निकालेको हो ।
चितवनले दिएको १३१ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ४ विकेट गुमाउदै पुरा गरेको थियो । कर्णालीको जितमा ओपनर शिखर धवनले सर्वाधिक ४५ रन बनाएका थिए । त्यस्तै अर्का ओपनर देव खनालले २५ रन जोड्दा चाडविक वाल्टनले ३० रनको योगदान दिएका भने अर्जुन घर्ती ११ रनमा रन आउट हुँदा जिशान मकसूद १२ रनमा नट आउट रहेका थिए ।
चितवनका रिजन ढकालको बलिङमा अर्जुनले सुरुवाती ३ बलमा २-२ रन जोडेपछि जितका लागि ३ बलमा ३ रन आवश्यक भयो । तर चौथो बलमा अर्जुन रनआउट हुँदा २ बलमा ३ रन आवश्यक भयो । पाँचौ बलमा मक्सुदले चौका प्रहार गर्दै कर्णालीको जित सुनिश्चित पारेका थिए ।