नेपाल प्रहरीको मानवस्रोत विकास विभाग, वृत्ति महाशाखा अन्तर्गतको भर्ना छनौट शाखाले नेपाल प्रहरीकाे जवान पदमा नयाँ भर्ना खुलाएकाे छ । भर्ना छनौट शाखाले १ हजार १ सय ६५ पदमा भर्ना खुलाएको हो ।
नेपाल प्रहरीको महाशाखा अन्तर्गतको भर्ना छनौट शाखाले ४७ जना भान्छे र ११ कुचीकार पदमा पनि नयाँ भर्ना खाेलेकाे सुचनामा उल्लेख गरेकाे छ । शाखाले कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, मधेस प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीमा दरखास्त फारम पाइने र त्यहाँ बुझाउन सकिने जनाएको छ ।
त्यसैगरि गण्डकी प्रदेश तालिम केन्द्र पोखरा, लुम्बिनी प्रदेश तालिक केन्द्र बुटवल, कर्णाली प्रदेश तालिक केन्द्र बाँके, सुदूरपश्चिम तालिक केन्द्र दियायलमा पनि फारम भर्न र बुझाउन सकिने बताइएकाे छ।
त्यस्तै काठमाडौं, भक्तपुर, ललितपुर जिल्ला प्रहरी परिसरका अतिरिक्त सबै जिल्ला प्रहरी कार्यायलबाट भारम भर्ने प्रबन्ध मिलाइएको पनि भर्ना छनौट शाखाले जानकारी गराएकाे छ ।