सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई पक्राउ गरिएकाे छ । नवनिर्वाचित वडाध्यक्ष साहलाई शपथग्रहण समारोहबाटै पक्राउ गरिएकाे हाे ।
वडाध्यक्ष साहलाई हत्या आरोपमा सप्तरी प्रहरीले पक्राउ गरेकाे बताइएकाे छ । मंसीर १६ गते सम्पन्न उपनिर्वाचनमा जसपा नेपालबाट निर्वाचित साहलाई बिहीबार शपथग्रहण समारोहबाटै प्रहरीले पक्राउ गरेको हो ।
उनलाई कर्तव्य ज्यान मुद्दामा नियन्त्रणमा लिएको सप्तरी प्रहरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिएका छन् । डाक्नेश्वरीमा दुईजनाको हत्या गरेको आरोप वडाध्यक्ष साहमाथि लागेको र अदालतले जारी गरेको परमादेशबाट उनीविरुद्ध मुद्दा चलेको बताइएकाे छ ।