भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक आज नेपाल भ्रमणमा आउने भएका छन् । भारत भ्रमणमा रहेका भुटानी राजा वाङ्चुक स्वदेश फर्किने क्रममा काठमाडौँलाई पाँच घण्टाको लागि काठमाडौँका ट्रान्जिट बनाएर दुई प्रमुख धार्मिक स्थल स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने कार्यक्रम रहेको छ ।
उनि बिहान ९ : ५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताइएकाे छ । विमानस्थलबाट सिधै स्वयम्भूनाथ जाने योजना रहेको र स्वयम्भूको दर्शनपछि उनी बौद्धनाथमा पुग्ने कार्यक्रम छ । उक्त दुई धार्मिक स्थलको भ्रमणपछि उनी विमानस्थल फर्केर भुटान प्रस्थान गर्ने कार्यक्रम रहेकाे छ ।
यता नेपाल भुटानी राजा वाङ्चुक नेपाल आउने भएसँगै नेपाल सरकारले राजाका लागि सुरक्षा र सेवा सुविधाको विशेष व्यवस्था गरेको छ । त्यसका लागि त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्था बुधबारदेखि कडा पारिएको छ ।
नेपाल भ्रमणको दौरानमा भुटानी राजाले औपचारिक भेटघाट नगर्ने भएता पनि राजा वाङ्चुकको यस भ्रमणलाई धार्मिक आस्था र नेपाल-भुटान सम्बन्धको सांस्कृतिक महत्वका रूपमा हेरिएको छ ।