Advertisement Banner
Advertisement Banner

०८ सोमबार, पौष २०८१23rd July 2024, 10:09:55 am

वीरगञ्ज भन्सारबाट निर्यात वृद्धि

२० बिहिबार , मंसिर २०८११८ दिन अगाडि

वीरगञ्ज भन्सारबाट निर्यात वृद्धि

वीरगञ्ज भन्सार कार्यालयबाट निर्यातमा वृद्धि भएको छ । मुलुकका विभिन्न भन्सार कार्यालयको तुलनामा उक्त भन्सार कार्यालयबाट निर्यातमा बढेको हो ।

वीरगञ्ज भन्सार कार्यालयमा एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाह भएकाले देशका अन्य २६ स्थानका भन्सार कार्यालयले भन्दा बढी वस्तु निर्यात गर्न सफल भएको हो । चालु आर्थिक वर्षको चार महिनामा रु ५२ अर्ब ६७ करोड सात लाख १० हजारको सामान निर्यात भएको भन्सार विभागले जनाएको छ ।

जसमा वीरगञ्ज भन्सारले मात्र रु १२ अर्ब १२ करोड २१ लाख ३१ हजार बराबरका वस्तु निर्यात गरेको बताइएको छ । का अनुसार उक्त भन्सारबाट सिन्थेटिक यार्न, भटमासको तेल, पिना, ऊनी गलैँचालगायत उत्पादन निर्यात भएको वीरगञ्ज भन्सार प्रमुख दीपक लामिछाने जानकारी गराएका छन् ।

उक्त भन्सार अन्तर्गतको सुक्खा बन्दरगाहबाट रु १ अर्ब ५१ करोड बराबरका सामान निर्यात भएको बताइएको छ । त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले सोही अवधिमा रु १२ अर्ब ३५ करोड ३९ लाख १४ हजार बराबरका वस्तु निर्यात गरेको पनि विभागले जनाएको छ ।