Advertisement Banner
Advertisement Banner

०८ सोमबार, पौष २०८१23rd July 2024, 10:09:55 am

विद्यालयको पुनः निर्माणको जिम्मा संघीय सरकारले लिने

२० बिहिबार , मंसिर २०८११८ दिन अगाडि

विद्यालयको पुनः निर्माणको जिम्मा संघीय सरकारले लिने

प्राकृतिक विपद्ले पूर्ण क्षति भएका विद्यालयको पुनः निर्माणको जिम्मा संघीय सरकारले लिने भएको छ । यसअघि असोज १० देखि १२ गतेसम्म परेकाे अविरल वर्षाले देशका विभिन्न क्षेत्रका विद्यालयमा क्षति पुर्‍याएको र उक्त विद्यालयको पुनः निर्माणको जिम्मा संघीय सरकारले लिने भएको हाे ।

उक्त विपद्का कारण विद्यालयमा पुगेको क्षतिको सन्दर्भमा सरकारले अध्ययन गरिरहेको र प्राकृतिक विपद्ले पूर्ण क्षति पुर्‍याएका विद्यालयको पुनः निर्माणको जिम्मा संघीय सरकारले लिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बताएकी छन् ।

हिँजाेकाे प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेकपा माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेत सुवेदीले विपद्‌मा धेरै विद्यालयमा क्षति भएको बताउँदै उक्त विषयमा सरकारले के गरिरहेको छ भन्ने गरेपछि जवाफमा मन्त्री भट्टराईले तीन तहको समन्वयमा काम गर्ने तय भएको बताएकी हुन् ।

मन्त्री भट्टराईले मन्त्रालयका लागि नियमित रूपमा आउने बजेट र त्यसअन्तर्गत यसवर्ष काम नगरे पनि हुने कतिपय बजेटलाई विपद्‌मा परिचालन गर्ने गरी अर्थ मन्त्रालयबाट स्वीकृति लिएर अगाडि बढ्ने तयारीमा मन्त्रालय रहेको पनि जानकारी दिइएकाे छ ।