Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

प्रधानसेनापति सिग्देल भारत भ्रमणमा जाने

१९ बुधबार , मंसिर २०८१एक बर्ष अगाडि

प्रधानसेनापति सिग्देल भारत भ्रमणमा जाने

नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देल मंसिर २६ गते भारत भ्रमणमा जाने भएका छन् । प्रधानसेनापति सिग्देल भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणमा भारत भ्रमणमा जाने भएका हुन् ।    

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधानसेनापति सिग्देल मंसिर २६ गतेदेखि २९ गतेसम्म भारत भ्रमणमा जाने बताइएकाे छ । भारत भ्रमणका क्रममा भारतका राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट प्रधानसेनापति सिग्देल सुशोभित हुने जनाइएको छ ।

उक्त अवसरमा प्रधानसेनापति सिग्देलले भारतका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट गर्नुका साथै भारतीय सैनिक प्रतिष्ठानमा तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा सहभागी हुने समेत निर्देशनालयले जानकारी गराएको छ ।