राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान अस्पताल भर्ना भएका छन् । राष्ट्रपति पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगंज भर्ना भएका हुन् ।
राष्ट्रपति पौडेललाई आज बिहान अस्पताल भर्ना भएकाे त्रिवि शिक्षण अस्पताल महाराजगन्जका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डा. धनश्याम गुरूङले विज्ञप्ती जारी गर्दै जानकारी गराएका छन् ।
‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रि.वि शिक्षण अस्पताल महाराजगंजमा भर्ना हुनुभएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछु,’ प्राध्यापक डा. गुरूङले जारी गरेको विज्ञप्तिमा भनिएको छ।