प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले भनेका छन्– न्यायालयको जिम्मा म लिन्छु । सबैले आ–आफ्ना क्षेत्रको जिम्मा लिउँ । प्रधानन्यायाधीशले कान्तिपुर कनक्लेभ कार्यक्रममा यसो भनेका थिए ।
भनिन्छ, सर्वोच्चदेखि मातहतका अदालतहरूमा न्यायाधीश नियुक्तीमा राजनीतिक हस्तक्षेपले न्यायपरिषदलाई गाह्रो पारिएको छ । प्रधानन्यायाधशिलाई सहज वातावरण बनाइदिन राजनीतिक स्वार्थ तैयार देखिदैन । राजनीतिक हस्तक्षेपमा नियुक्त, सरूवा, बढुवामा हस्तक्षेपकै कारण न्याय सम्पादनमा असर परिरहेको अनुभूति छ । प्रधानन्यायाधीशलाई हनुमान बनाउन, एक्लो बृहस्पति बनाउन राजनीतिक क्षेत्र उद्दत रहेको छ ।