Advertisement Banner
Advertisement Banner

०८ सोमबार, पौष २०८१23rd July 2024, 10:09:55 am

यसवर्ष १० लाख बढी पर्यटक नेपाल भित्रिए

१७ सोमबार , मंसिर २०८१२१ दिन अगाडि

यसवर्ष १० लाख बढी पर्यटक नेपाल भित्रिए

सन् २०२४ को नोभेम्बरसम्मको ११ महिनामा १० लाख भन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । जसअनुसार यस बर्ष नेपाल भित्रिने पर्यटकको सङ्ख्या १० लाख नाघेको नेपाल पर्यटन बोर्डको तथ्याङ्कमा उल्लेख गरिएको छ ।    

गत्नो भेम्बर महिनामा १ लाख १४ हजार ५ सय १ जना पर्यटक नेपाल भित्रिएको बताईएको छ । नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार यससँगै यस बर्ष नेपाल भित्रिने पर्यटकको सङ्ख्या १० लाख नाघेको यो दोस्रो पटक हो ।

सन् २०२४ जनवरीदेखि नोभेम्बरसम्म १० लाख ५५ हजार ५ सय ३३ जना पर्यटक नेपाल भ्रमणका लागि आएका थिए । सन् २०२४ मा १२ लाखभन्दा बढी पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहेको थियो ।

सरकारको लक्ष्य अनुसार प्राकृतिक विपत्तिका कारण अक्टोबर महिनामा पर्यटक आगमनमा कमि आएको थियो । त्यस्तै चिसोका कारण डिसेम्बर महिनामा नेपाल भित्रिने पर्यटकको सङ्ख्यामा सामान्य कमि आएपनि सरकार लक्ष्यको नजिक पुग्ने देखिएको छ ।

विश्व महामारी कोभिड-१९ सुरु भएपछि नेपालमा खस्किएको पर्यटक आवागमनमा गत बर्षदेखि सुधार हुँदै आइरहेको छ । अहिले नेपालमा पर्यटक आगमन बढेसँगै नेपालको पर्यटन उद्योगमा उत्साह थपिएको र आगामी दिनमा पर्यटक आगमन अझ राम्रो सुधार हुनेमा अपेक्षा गरिएको छ ।