Advertisement Banner
Advertisement Banner

०८ सोमबार, पौष २०८१23rd July 2024, 10:09:55 am

बिहान तराईमा हुस्सु दिउँसाे मौसम सफा रहने

१६ आइतबार , मंसिर २०८१२२ दिन अगाडि

बिहान तराईमा हुस्सु दिउँसाे मौसम सफा रहने

बङ्गालको खाडीमा रहेको चक्रवात ‘फेनजल’को आंशिक प्रभाव रहेपनि आज देशभरको मौसम सफा रहने छ ।  जल तथा मौषम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायु र बङ्गालको खाडीमा रहेको चक्रवात ‘फेनजल’को आंशिक प्रभाव रहेकाे छ ।  

आज देशभरको मौसम सफा रहेपनि बिहान तराईका केही स्थानमा हुस्सु लागेको बताइएकाे छ । दिउँसो कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।

त्यसैगरि गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे विभागले जनाएकाे छ । आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ भने गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे छ ।

त्यस्तै गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले ती स्थानमा पर्यटन तथा पर्वतारोहणमा आंशिक असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।