Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

पेट्रोलियम पदार्थकाे मूल्य बृद्धि

१६ आइतबार , मंसिर २०८१एक बर्ष अगाडि

पेट्रोलियम पदार्थकाे मूल्य बृद्धि

गएराति १२ बजेपछि लागु हुनेगरि पेट्रोलियम पदार्थकाे मूल्य बृद्धि भएकाे छ । नेपाल आयल निगमले पेट्रोल र हवाई इन्धनको मूल्य बढाएको हाे ।

निगमले पेट्रोलमा १ रुपैयाँ, हवाई इन्धन (आन्तरिक) मा २ रुपैयाँ र हवाइ इन्धन (अन्तर्राष्ट्रिय) प्रति किलोलिटर काठमाडौंमा १५, पोखरामा ३४ र भैरहवामा ३३ अमेरिकी डलरले बढाएको हो । जसअनुसार अब पेट्रोलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा १६० रुपैयाँ, सुर्खेत र दाङमा १५९ रुपैयाँ र बाँकी क्षेत्रमा १५७.५० रुपैयाँ कायम गरिएकाे छ ।

त्यसैगरि, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर १२८ रुपैयाँ पर्नेछ भने अन्तराष्ट्रिय हवाई इन्धन (अन्तर्राष्ट्रिय) काठमाडौंमा ९७५, पोखरामा ८१८ र भैरहवामा ८०२ अमेरिकी डलर पर्ने निगमले जनाएकाे छ ।