प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुने लुम्बिनी पुगेका छन् । दीक्षान्त समारोहमा सहभागी हुन् लुम्बिनी पुगेका प्रधानमन्त्री ओलीलाई लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरेका छन् ।
प्रधानमन्त्री ओली लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुने आज बिहान साढे १० बजे भैरहवा प्रस्थान गरेका थिए । कार्यक्रममा प्रधानमन्त्रीसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, शिक्षामन्त्री विद्या भट्टराई सहभागी भएका छन् ।
उक्त बौद्ध विश्वविद्यालयका २ सय ८९ जना विद्यार्थी दीक्षित हुँदै छन् । प्रधानमन्त्री ओली दिउसो २ बजे दीक्षान्त समारोहको समापनपछि उहाँ साढे २ बजेको उडानमा राजधानी फर्कने कार्यक्रम रहेको छ ।