Advertisement Banner
Advertisement Banner

०८ सोमबार, पौष २०८१23rd July 2024, 10:09:55 am

अवैध रुपमा कुवेत हिडेका युवतीहरुको उद्धार

१४ शुक्रबार , मंसिर २०८१२४ दिन अगाडि

 अवैध रुपमा कुवेत हिडेका युवतीहरुको उद्धार

वैदेशिक रोजगारका लागि भारतको बाटो हुँदै कुवेत जान खोजेका युवतीहरुलाई बेलहिया नाकाबाट उद्धार गरिएको छ । उक्त नाकाबाट अवैध रुपमा भारत हुँदै कुवेत जान लागेका १३ जना युवतीहरुको उद्धार गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) नवीन पौडेलका अनुसार उनीहरुलाई बेलहिया नाकाबाट उद्धार गरिएको बताइएको छ । मानव बेचबिखनकाविरुद्धमा काम गर्ने शान्ति पुर्नस्थापना केन्द्र नामक संस्थासँगको सहकार्यमा उनीहरुको उद्धार गरिएको हो ।

उद्धार गरिएका युवतीहरुको घर सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर, सिन्धुली, झापा भएको बताइएको छ । वैधानिक तवरबाट नेपालबाट सिधै कुवेत जान सकिने भए पनि उनीहरुले भारतको बाटो प्रयोग गर्न खोज्नु शंकास्पद देखिएको प्रहरी नायव उपरीक्षक पौडेलको भनाइ रहेको छ ।

उनीहरुलाई अहिले केन्द्रकै सेफ हाउसमा राखिएको र हिजो राति अवेर भइसकेकाले आज मात्रै सोधपुछ गरेपछि थप कुरा खल्ने पनि उपरीक्षक पौडेलले जानकारी गराएका छन् । उनिहरुसँग श्रम स्वीकृति, बीमालगायतका कागजपत्र नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।