धरान प्रवेशद्वारमा सिसी क्यामेरा जडान गरेसँगै विश्वकर्मा मन्दिर अघि जंगल क्षेत्रको सडकलाई सिसी क्यामेराले निगरानी गर्ने भएको छ । पूर्वाञ्चल यातायात व्यवसायी र कोशी बस व्यवसायी संघले दुईवटा सिसी क्यामेरा जडान गरिदिएपछि उक्त सडकको निगरानी हुने भएको हो ।
झण्डै ५० हजार रुपैयाँकाे लागतमा दश एक्स जुमको आइपी क्यामेराले मन्दिरदेखि दक्षिण र उत्तर तर्फको निगरानी गर्ने बताइएकाे छ । उक्त सिसी क्यामेराकाे कन्ट्रोल जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले गर्नेछ ।
दुईवटा व्यवसायी संघहरुले सडक दुर्घटनाको अनुसन्धान र अपराध नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यका साथ सिसि क्यामेरा जडान गरिएको हाे । उक्त स्थानमा जडान गरिएकाे सिसी क्यामेराले सडकको निगरानीमा सहयाेग पुग्ने पूर्वाञ्चल यातायात व्यवसायी संघ तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेशले जनाएको छ ।