Advertisement Banner
Advertisement Banner

०८ सोमबार, पौष २०८१23rd July 2024, 10:09:55 am

उखु किसानले प्रतिक्विन्टल झन्डै ५८५ रुपैयाँ पाउने

१४ शुक्रबार , मंसिर २०८१२५ दिन अगाडि

उखु किसानले प्रतिक्विन्टल झन्डै ५८५ रुपैयाँ पाउने

सरकारले उखुको समर्थन मूल्य निर्धारण गरेसँगै किसानले प्रतिक्विन्टल झन्डै ५ सय ८५ रुपैयाँ उखु मिलबाट पाउने भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेकाे बैठकले उद्योगी (उखु मिल)ले किसानहरूलाई उपलब्ध गराउने रकममा प्रतिक्विन्टल २० रुपैयाँले वृद्धि गरेसँगै किसानले उक्त मूल्य पाउने भएका हुन् ।

यता कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले उखु किसानलाई अनुदान बापत दिने रकम वृद्धि गर्नुपर्ने प्रस्ताव पेश गरेकाे बताइएकाे छ । तर, सरकारले उखु किसानलाई अनुदान बापत दिने रकमको भने निर्णय गरेकाे छैन ।

त्यस्तै मुलुकको आर्थिक अवस्थालाई समेत ख्याल गरेर अनुदान बापत दिने रकमपछि निर्धारण गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । यसअघि सरकारले उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिएको थियो ।