Advertisement Banner
Advertisement Banner

०८ सोमबार, पौष २०८१23rd July 2024, 10:09:55 am

मेडिकल कलेज तथा विभागीय अस्पतालहरुको विवरण सार्वजनिक

१४ शुक्रबार , मंसिर २०८१२५ दिन अगाडि

मेडिकल कलेज तथा विभागीय अस्पतालहरुको विवरण सार्वजनिक

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मेडिकल कलेज तथा विभागीय अस्पतालहरुको विवरण सार्वजनिक गरेको छ । सञ्चालन अनुमति प्राप्त गरेका विभिन्न कलेजहरुले सञ्चालन गरेका २० अस्पतालहरुको शय्या क्षमतासम्बन्धी विवरण सार्वजनिक गरेको हो ।

मन्त्रालयले ३ सय शय्या भन्दा बढी क्षमतामा मन्त्रालयबाट अनुमति लिएका त्यस्ता कलेजहरुले सञ्चालन अस्पतालहरुको शय्या क्षमतासम्बन्धी विवरण सार्वजनिक गरेको हो । जसमध्य सबैभन्दा धेरै शय्या रहेको मेडिकल कलेज भरतपुरस्थित चितवन मेडिकल कलेज रहेको र उक्त कलेजसँग पाँच सय शय्या क्षमता छ ।

त्यसैगरी ४ सय शय्या क्षमता सञ्चालनका लागि अनुमति पाएका मेडिकल कलेजको सङ्ख्या ३ वटा रहेकाे छ । लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल–पाल्पा, लर्ड बुद्ध एजुकेशन एकेडेमी लि,नेपालगञ्ज मेडिकल कलेज–बाँके, नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटीले चार सय शय्या क्षमतामा अस्पताल सञ्चालनको अनुमति प्राप्त गरेका छन् ।

त्यस्तै बाँकी मेडिकल कलेजलगायत नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी १६ अस्पतालहरुले भने तीन सय शय्या क्षमतामा अस्पताल सञ्चालनको अनुमति पाएका छन् । मन्त्रालयले शय्या अनुमतिका आधारमा सेवा सञ्चालन भए/नभएको अनुमगनको तयारी गरिरहेको छ ।

मन्त्रालयले क्षमताभन्दा बढी शय्या सञ्चालन भए/नभएको तथा बढी क्षमताबारे प्रचार भए/नभएको स्थिति अनुगमन गरी आवश्यक कारबाही गर्ने तयारी गरिरहेको बताइएकाे छ ।