Advertisement Banner
Advertisement Banner

०८ सोमबार, पौष २०८१23rd July 2024, 10:09:55 am

म्याग्दी प्रशासनमा २७ हजार राष्ट्रिय परिचयपत्र

१३ बिहिबार , मंसिर २०८१२५ दिन अगाडि

म्याग्दी प्रशासनमा २७ हजार राष्ट्रिय परिचयपत्र

राष्ट्रिय परिचयपत्रको फाराम भरेका सेवाग्राहीहरु परिचयपत्र लिन नआएपछि २७ हजारभन्दा बढी राष्ट्रिय परिचयपत्र जिल्ला प्रशासन कार्यालय म्याग्दीमा थन्किएको छ ।    

सेवाग्राही लिन नआएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीमा २७ हजारभन्दा बढी राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय परिचयपत्रको फाराम भरेका व्यक्तिहरु विदेशिएका र जिल्लाभित्र नभएका कारण परिचयपत्र लिन नआएको हुनसक्ने जनाइएको छ ।

दुई चरणमा ३० हजारभन्दा बढी राष्ट्रिय परिचयपत्र आएकोमा पछिल्लो एक वर्षयता ३ हजार ३ सय जनाले मात्र लगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले फारम भरेपछि विदेशिएका र जिल्लाबाहिर भएकाले राष्ट्रिय परिचयपत्र लिन नआएका बताएका छन् ।

अधिकारी पन्तकाअनुसार परिचयपत्र आएकाको मोबाइल नम्बरमा सन्देश पठाइएकोमा आवश्यक पर्ने र जिल्लाभित्र भएकाले अनुकूल समय मिलाएर परिचयपत्र लैजान आएपनि राष्ट्रिय परिचयपत्र लिन आउनेभन्दा बनाउनेको सङ्ख्या बढी रहेको बताए ।

अहिले म्याग्दीमा प्रशासन कार्यालयमै निःशुल्क राष्ट्रिय परिचयपत्र भर्ने व्यवस्था मिलाइएको छ । प्रमुख जिल्ला अधिकारी गुरूदत्त ढकालले सेवाग्राहीहरूले राष्ट्रिय परिचयपत्र आएको सूचना नपाएका कारण लिन अनाएको हुन सक्ने भएकाले पालिका र वडा कार्यालयमार्फत पनि सन्देश पठाइएको बताएका छन् ।