Advertisement Banner
Advertisement Banner

०८ सोमबार, पौष २०८१23rd July 2024, 10:09:55 am

मनाङमा हिमपात सुरु रातको समयमा तापक्रम माइनसमा

१३ बिहिबार , मंसिर २०८१एक महिना अगाडि

मनाङमा हिमपात सुरु रातको समयमा तापक्रम माइनसमा

हिमाल पारीकाे जिल्लाकाे रूपमा परिचित मनाङमा हिमपात सुरु भएसँगै चिसो अत्याधिक बढेकाे छ । मनाङ जिल्लकाे सदरमुकाम चामे आसपासका क्षेत्रमा समेत हिमपात भएपछि रातको समयमा तापक्रम माइनसमा झरेको हाे ।

हिमपात र चिसोका कारण चामे २,७४० मिटर आसपासका बासिन्दाहरू तल्लो क्षेत्रमा झर्न थालेकाे र मौसममा आएको परिवर्तनले यहाँको जनजीवन प्रभावित भएको छ । त्यस्तै चिसाेका कारण स्वदेशी र विदेशी पर्यटकको आगमन समेत न्यून भएको बताइएकाे छ ।

हिमपात र चिसो माैसमका कारण मनाङमा मनाङमा पर्यटकको संख्या घट्नुका साथै पर्यटन क्षेत्रलाई थप चुनौती थपिएको मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले बताएका छन् । अत्याधिक चिसाे बढ्न सुरू भएपछि स्थानीयहरू चिसो मौसमबाट जोगिन सुरक्षित स्थानतर्फ सर्न थालेकाे बताइएकाे छ ।