Advertisement Banner
Advertisement Banner

१५ आइतबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

विद्युत् महसुल नतिर्ने उद्योगकाे बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार

१३ बिहिबार , मंसिर २०८१एक बर्ष अगाडि

विद्युत् महसुल नतिर्ने उद्योगकाे बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार

नेपाल विद्युत् प्राधिकरणले डेडिकेडेट फिडर तथा ट्रंक लाइनबाट लिएको विद्युत् महसुल नतिर्ने उद्योगहरूको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचारलाई पत्राचार गरेको छ । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युत् महसुल नतिर्ने ३४ वटा उद्योगको बैंक खाता रोक्का गर्न पत्राचार गरेको हाे ।  

प्राधिकरणले विद्युत् महसुल नतिर्ने उद्योगहरूको नामसहित बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई औपचारिक अनुरोध गरेकाे हाे । प्राधिकरणले उद्योगहरूको बैंक कारोबार ठप्प पार्दै, आइपिओ निष्काशन रोक्न र आवश्यकता परे उद्योग सञ्चालकहरूको निजी घरमा समेत विद्युत् आपूर्ति बन्द गर्ने तयारी गरेको जनाएको छ ।

प्रबन्ध निर्देशक घिसिङले बक्यौता रकम भुक्तानीका लागि विभिन्न समयमा तोकिएको अवधि सकिए पनि रकम भुक्तानी नगरेकाले नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ को दफा ३२ क, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४०(२), तथा विभिन्न अदालतको फैसलाका आधारमा बक्यौता रकम असुली गर्नका लागि कम्पनीहरूको बैंक खाता रोक्का गर्न अनुरोध गर्दै पत्रचार गरेका छन् ।

महालेखा परीक्षकको कार्यालयले विभिन्न आर्थिक वर्षहरूको लेखापरीक्षणबाट यी उद्योगहरूको बक्यौता असुलीको बेरुजु कायम गरिसकेकाे उल्लेख गर्दै प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा उक्त उद्योगहरूले उपभोग गरेको विद्युत् महसुल भुक्तानी नगरेका बताइएकाे छ ।