Advertisement Banner
Advertisement Banner

०८ सोमबार, पौष २०८१23rd July 2024, 10:09:55 am

महानगरपालिकाले निःशुल्क भिडियो एक्स-रे सेवा शुरू गर्ने

१२ बुधबार , मंसिर २०८१एक महिना अगाडि

महानगरपालिकाले निःशुल्क भिडियो एक्स-रे सेवा शुरू गर्ने

काठमाडौं महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम लागू भएका वडाका स्वास्थ्य प्रवर्द्धन केन्द्रमा आउँदो हप्तादेखि निःशुल्क भिडियो एक्स-रे सेवा शुरू गर्ने भएको छ । महानगरले शुरूमा वडा नं. १२, २६ र ३० बाट सेवा शुरू गर्ने भएको हो ।

स्वास्थ्य बीमा कार्यक्रम लागू भएका वडाका स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सेवा शुरू गर्न लागेको र शुरूमा वडा नं. १२, २६ र ३० बाट सेवा दिइने बताएको छ । जसअनुसार आइतबार र सोमबार वडा नं. १२, १९ र १४ का सेवाग्राहीका लागि वडा नं. १२ मा, मंगलबार र बुधबार वडा नं. १६, २६ र २७ का सेवाग्राहीका लागि वडा नं. २७ मा र बिहीबार र शुक्रबार वडा नं. १० र ३० का सेवाग्राहीका लागि वडा नं. ३० स्वास्थ्य प्रबर्द्धन केन्द्रमा भिडियो एक्स रे गरिने महानगरपालिकाले जनाएको छ ।

स्वास्थ्य बीमा कार्यक्रम लागू भएका सबै वडामा भिडियो एक्स-रे मेसिन राखिएको र  सेवाग्राहीको चाप बढ्दै गएपछि सेवा विस्तार गर्दै लैजाने स्वास्थ्य विभागको योजना रहेको महानगरले जानकारी दिएको छ । महानगरले वडा नं. ८ को रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं. १४ बल्खु, वडा नं. १९ कंकेश्वरी, वडा नं. २६ लैनचौर र वडा नं. ३० ज्ञानेश्वर, वडा नं. १६ बालाजु, वडा नं. २७ महावौद्ध, वडा नं. १२ टेकु र वडा नं. ७ चावहिलको स्वास्थ्य प्रबर्द्धन केन्द्रलाई पहिलो सम्पर्क विन्दुका रूपमा तोकेको छ ।

जसमध्ये ५ विमा बोर्डबाट अनुमोदन भइसकेका छन् भने ५ वटा अनुमोदनको प्रक्रियामा रहेको बताइएको छ ।