Advertisement Banner
Advertisement Banner

०८ सोमबार, पौष २०८१23rd July 2024, 10:09:55 am

काठमाडौंमा छैटौं एशियाली जनसंख्या सम्मेलन सुरु

१२ बुधबार , मंसिर २०८१एक महिना अगाडि

काठमाडौंमा छैटौं एशियाली जनसंख्या सम्मेलन सुरु

आजदेखि काठमाडौंमा छैटौं एशियाली जनसंख्या सम्मेलन हुँदैछ । तीन दिनसम्म चल्ने सम्मेलनकाे आज दिउसो १ बजेदेखि होटल सोल्टीमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी रहेकाे छ भने विभिन्न ३४ वटा देशका ५०० भन्दा बढी प्रतिनिधी सहभागी हुनेछन् ।    

सम्मेलनमा १७ वटा विषयमा ४०० वटा भन्दा बढी कार्यपत्रहरु प्रष्तुत हुने तयारी रहेकाे र कार्यक्रम एकैदिन पाँचवटा हलमा अलग अलग सेसनहरु सञ्चालन हुने र एकैदिनमा २५ वटा भन्दा धेरै सेसनहरु सञ्चालन हुने आयोजक त्रिभूवन विश्व विद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभागका प्रमुख प्राडायोगेन्द्र बहादुर गुरुङ बताएका छन् ।

सम्मेलनमा एशियाली देश बाहेक अमेरिका,अष्ट्रेलिया लगायतका देशबाट पनि जनसंख्या विज्ञहरु नेपालमा आएका छन् । उक्त शेसनमा राष्ट्रिय तथ्यांक कार्यालयका तर्फबाट राष्ट्रिय जनगणना २०७८ का नतिजाहरुका बारेमा प्रष्तुतिकरण रहनेछ भने नेपालको घट्दो प्रजननन् दर, बढ्दो बुढ्यौली,युवा जनसंख्या आदिका विषयमा व्यापक छलफल गरिने बताइएकाे छ ।

विभिन्न राजनीतिक दलका नेताहरु तथा सातै प्रदेशका उपसभामुखहरु समेत सहभागी हुने कार्यक्रममा श्रम तथा रोजगारी मन्त्री शरदसिंह भण्डारीले नेपालका प्रवासी श्रमिक र युवा जनसंख्याका बारेमा एक कार्यपत्र समेत प्रस्तुत गर्ने तयारी रहेकाे छ । उक्त सम्मेलनमा भाग लिन एशियन जनसंख्या संघ (एपिए)का अध्यक्ष रोइको ह्यासी दुईदिन अघि नै काठमाडौं आइसकेका छन् ।