पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको रिहाइको माग गर्दै नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । काठमाडौँको माइतीघरमा भेला भएका रास्वपाका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् ।
यसअघि सहकारी ठगी आरोपमा पक्राउ परेका लामिछानेलाई पोखराबाट काठमाडौं ल्याउने तयारी रहेको छ । लामिछानेलाई काठमाडौं ल्याएर जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिने तयारी गरिएको छ ।
यता सभापति रवि लामिछानेको रिहाइको माग गर्दै केन्द्रीय सदस्य ज्वाला संग्रौलाको नेतृत्वमा रास्वपाले प्रदर्शन गरिरहेको छ भने सोमबार पार्टी सभापतिले पठाएको भनि रास्वपाले प्रसारित गरेको सन्देशमा शान्तिपूर्ण ढंगले समेत आन्दोलन नगर्न सभापतिले भनेको उल्लेख गरिएको छ ।
यसअघि कास्की जिल्ला अदालतले लामिछानेलाई पछिल्लोपटक १५ दिनका म्याद थपेको थियो ।