सर्वोच्च अदालत अगाडि प्रदर्शन गर्नेक्रममा बिनु यादव पक्राउ परेकी छन् । आफूमाथि पतिले घरेलु हिंसा गरेको भन्दै न्यायको मागसहित आन्दोलन गर्दै आएकी सोलुखुम्बुकी यादव पक्राउ परेकी हुन् ।
आज सर्वोच्च अदालत अगाडि प्रदर्शन गर्नेक्रममा उनलाई प्रहरीले पक्राउ गरेको बताइएको छ । विरोध स्वरूप यादवले सर्वोच्चको बोर्डमा कालो मसी फ्याँकेपछि पक्राउ परेकी हुन् । यसअघि पनि विरोध प्रदर्शनका क्रममा यादव पटक पटक पक्राउ पर्दै आएका थिइन् ।
रामेछापका प्रदीप कठायतसँग काठमाडौँमा चिनजानपछि प्रेम सम्बन्ध हुँदै विवाह गरेकी उनले आफूमाथि प्रदीपले घरेलु हिंसा गरेको भन्दै अदालतमा मुद्दा दायर गरेकी थिइन् । उनले अदालतका न्यायाधीशले घुस लिएर आफूले पतिसँग सम्बन्ध विच्छेद गर्नुपर्ने फैसला गरिएको भन्दै त्यसको विरोधमा उत्रिएकी हुन् ।