Advertisement Banner
Advertisement Banner

१० आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

एनपिएलकाे टिकट खल्ती एप मार्फत खरिद गर्न सकिने

११ मंगलबार , मंसिर २०८१२ बर्ष अगाडि

एनपिएलकाे टिकट खल्ती एप मार्फत खरिद गर्न सकिने

मंसिर १५ गतेदेखी सञ्चालन हुन लागेकाे नेपाल प्रिमियर लिग (एनपिएल) का खेल हेर्नका लागि खल्ती एप मार्फत टिकट खरिद गर्न सकिने भएकाे छ । नेपाल क्रिकेट संघ क्यानले सोमबार एनपिएल) का खेल हेर्न इच्छुक दर्शकका लागि टिकटदर सार्वजनिक गर्दै उक्त जानकारी गराएकाे हाे ।

नेपाल क्रिकेट संघ क्यानले हिँजाे सोमबार (एनपिएल) का खेल हेर्न इच्छुक दर्शकका लागि टिकटदर सार्वजनिक गरेको हो । सार्वजनिक तालिकाअनुसार उद्धघाटन दिनको खेलमा सामान्यका लागि ३ सय र भिआइपीका लागि ७ सय तोकिएको छ ।

त्यसैगरि लिग खेलका लागि सामान्यतर्फ ३ सय र भिआइपीका लागि ५ सय रुपैयाँ टिकटदर तोकिएको छ । प्लेअफका खेल हुने दिन सामान्यतर्फ ५ सय,भिआइपी तर्फका लागि ५ सय र फाइनलका लागि सामान्यतर्फ ५ सय र भिआइपीतर्फ एक हजार टिकट दर तोकिएको क्यानले जनाएकाे छ ।

त्यस्तै सिजनल पासका लागि सामान्यतर्फ ४ हजार ४ सय ८० र भिआइपीतर्फका लागि ८ हजार २ सय ४० रुपैयाँ तोकिएको छ । साेमबार राति ८ बजेदेखि बुकिङ खुला गरिएकाे टिकट खल्ती एप मार्फत खरिद गर्न सकिने पनि क्यानले जनाएको छ ।