Advertisement Banner
Advertisement Banner

०९ मंगलबार, पौष २०८१23rd July 2024, 10:09:55 am

सुन तोलामा १५ हजार ९ सय रुपैयाँले घट्यो

१० सोमबार , मंसिर २०८१एक महिना अगाडि

सुन तोलामा १५ हजार ९ सय रुपैयाँले घट्यो

सरकारले सुनको भन्सार दर घटाउने निर्णयसंगै नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । सुनको भन्सार दर २० बाट १० प्रतिशत कायम गर्ने निर्णय भएसंगै बजारमा आज प्रतितोला सुनमा १५ हजार ९ सय रुपैयाँले घटेको हो ।

नेपाली बजारमा आज प्रतितोला सुनको मूल्य १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम गरिएको छ । बाजारमा हिँजो आइतबार प्रतितोला सुन १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको भाउ घटेसँगै चाँदी पनि घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी प्रतितोला १८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको बताइएको छ । अघिल्लो दिन प्रतितोला चाँदी १९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सुनको भन्सार दर २० बाट १० प्रतिशत कायम गर्ने निर्णय गरेको थियो ।