सरकारले सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा घटाउने निर्णय गरेकाे छ । भारतमा सुनको भन्सार कम रहेकाे नेपालमा तस्करी बढ्न सक्ने आशंकासहित सरकारले भन्सार दर घटाएको हो ।
सुनको भन्सार दर घटाउने मन्त्रिपरिषद्को निर्णय हिँजाे मात्र विभागमा आइपुगेको भन्सार विभागले जनाएको छ । विभागका अनुसार मन्त्रिपरिषद्को निर्णय आएसँगै नयाँ दर कार्यान्वयनमा आएको बताउँदै चाँदीमा १५ प्रतिशत भन्सार दर रहेकोमा १० प्रतिशतमा झारिएको बताइएकाे छ ।
यसअघि सरकारले बजेटमार्फत १५ प्रतिशत रहेका भन्सार दर २० पुर्याएको थियो । भारतमा भने पूर्ण बजेट आउँदा भन्सार दर घटेको र त्यसले नेपालमा सुन महँगो र भारतमा सस्तो हुन पुगेको थियो । भारतिय बजारमा सुनकाे मूल्य कम हुँदा नेपालमा तस्करीको सुन आएको आशंका गरिएको छ भने औपचारिक प्रणालीबाट आउने सुनको परिमाणमा भारी गिरावट देखिएको छ ।